२०८० चैत्र ३० गते शुक्रवार

सानी आमाको उपचारको लागि हेलिकोप्टर चार्टर


दाङ,जेठ ६ । तुलसीपुरका एकजना व्यक्तिले आफ्नी सानी आमाको उपचारका लागि हेलिकोप्टर चार्टर गरेका छन् । तुलसीपुर निवासी जिवराज वलीले आफ्नी सानी आमा मुवा वलीको उपचारको लागि हेलिकोप्टर चार्टर काठमाडौं लगेका छन् ।

वलीले आमाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सल्यक्रिया भएपनि समस्या देखिएपछि काठमाडौंस्थित ग्रान्डी हस्पिटलमा थप उपचारका लागि लगेका छन् । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले सोमवार वलीले आमाको उपचार गराउन काठमाडौं लैजानका लागि अनुमति माग्न आएको र मंगलवार लगेर गएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *