२०८१ बैशाख ८ गते शनिवार

इट्टा उद्योगमा काम गर्ने भारतीय मजुदरको प्रदर्शन

लिलाधर वली,
घोराही,जेठ ६ । घर फर्कन पाउनु पर्ने माग गर्दै घोराहीमा भारतीय मजदुरले मंगलवार विहान प्रदर्शन गरेका छन् । दाङका इट्टा भट्टाहरुमा कामगर्ने भारतीय मजदुरले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन । उनीहरुले ‘मोदी सरकार हमको घर लैजायो’ भन्ने नारा लेखेका थिए । कतिपले छातिमा ‘हमको हामारी घर भेजो, नही तो यही पर गोली मार्दौ नेपाल सरकार’ भन्ने जस्ता पम्पिलेट पनि टाँसेका थिए ।

घोराही उपमहानगरपालिका वडा नं. १२,घोराही – १० नारायणपुर क्षेत्रमा लकडाउनको उलंघन गर्दै उनीहरुले प्रदर्शन गरेका हुन । दाङका विभिन्न इट्टा भट्टामा गरेर ५ हजार बढी भारतीय मजदुर रहेको दाङ जिल्ला इट्टा व्यवसायी संघका अध्यक्ष रोम वलीले जानकारी दिएका छन् ।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घर फर्किन पाउनु पर्ने माग गर्दै इट्टा भट्टामा कामगर्ने भारतीय मदजुरहरु सडकमा आएको तथा उनीहरुलाई संझाई बुझाई गरेर पठाइएको जानकारी दिए । एसपी चन्दले त्यो विषयमा भारतीय सुरक्षाअधिकारी संग छलफल भइरहेको हुँदा मंगलवार बेलुकासम्म केही न केही निकाश निस्कने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *