दाङ, जेठ ६ । झापामा ९ र सुनसरीमा २ जनामा गरि थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलवार नै कपिलबस्तुका थप ४ जनामा कोरोना संक्रमण देखिएको थियो । मंगलवार विहान सम्म १५ जनामा संक्रण पुष्टि भइसकेको छ ।
संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका २ जना रहेको जानकारी दिइएको छ । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुल्न आएको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएकाहरु हुन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ।
प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार