२०८० चैत्र ३० गते शुक्रवार

बाँकेमा सोमवार ४७ संक्रमित फेला परे


दाङ,जेठ ५ । बाँकेमा एकैदिन ४७ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार बाँकेमा ४६ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वाबको परीक्षण बाँकेस्थित भेरी अस्पतालमा भएको हो । त्यसैगरी सोमवार दाङका थप एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । यो संगै दाङका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमवार नै मोरङ , गुल्मी ,धादिङ, रौतहट र धनुषामा एक एक जना संक्रमित फेला परेका छन् । सोमबार बिहानै रौटहतमा ८ र बारामा १ जना गरि ९ जनामा संक्रमण देखिएको थियो।योसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। हालसम्म दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर गएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *