काठमाडौं, जेठ ५ । नेपालमा कोरोना भाइरसका कारण पहिलो पटक मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १४ दिने शिशुको रिपोर्ट नेगेटिभ आएको छ । १४ दिने शिशुसहित उनका परिवारका चार जना सदस्य रिपोर्ट पनि कोरोना नेगेटिभ आएको छ । सोमवार विहान मृतकका पति, आमा र बहिनीको रिपोर्ट नेगेटिभ आएको हो ।
धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । बैशाख २४ गते शिशुलाई जन्म दिएकी २९ वर्षीय सुत्केरी महिलाको मृत्यु गत विहिवार बेलुकी भएको थियो ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं. ९ राम्चे निबासी ती महिलाको मृत्य पछि १४ दिने शिशुसहित परिवारका चार सदस्यलाई आइसोलेसनमा राखिएको थियो।नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई क्वारेन्टाइनमा पठाइने भएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार