२०८१ मङ्सिर २७ गते बिहिवार

बबईमा २ सय बेडको क्वारेन्टाइन निर्माण गरिदै

फाइल तस्बिर

गणेश आचार्य, हापुरे, जेठ ५ । बबई गाउँपालिकाले कोरोनाका कारण आइपर्ने संकटलाई सामना गर्न दुई सय बेडको क्वारेन्टाइन निमार्ण कार्य अघि बढाएको छ । गाउँपालिकाले हापुरेमा रहेको बिद्यालयमा दुई सय बेडको क्वारेन्टाइन निर्माण थालिएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

छिमेकी देश भारतवाट नागरिकहरु घर फर्किने क्रम जारी रहेको हुँदा भविस्यमा आइपर्ने परिस्थिति संग सामाना गर्न क्वारेन्टिनको बेड संख्या थप्न लागेको अध्यक्ष पौडेलले बताए। उनले क्वारेन्टाइन बनाउन आवश्यक सबै सामग्री ल्याइसकेको बताए । त्यहाँको क्वारेन्टाइनमा हालसम्म ५ सय ४१ जना बसिसकेका छन् । हाल ११ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर चेकगरी नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर पठाउने गरेको अध्यक्ष पौडेलले जानकारी दिए । उनले अनुसार छिमेकी मुलुक भारतमा रहेका बबई गाउँपालिकावासीलाई ल्याउने अन्तिम तयारी समेत भएको छ । उनीहरु आएमा सोझै लगेर क्वारेन्टाइनमा राख्ने प्रवन्ध मिलाउन लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *