२०७८ बैशाख २५ गते शनिवार

रौतहटमा ८ र बारामा थप १ जनामा कोरोना पुष्टि

दाङ, जेठ ५ । रौतटह जिल्लामा थप ९ जनामा कोरोना पुष्टि भएको छ । सोमवार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ । रौतहटका थप ८ जना र बाराका थप १ जनाका कोरोना पुष्टि भएको छ । रौतहटका ७ पुरुष र एक महिला तथा बाराका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

सोमवार पुष्टि भएका मध्य ७ जना रौतहट इशनाथ नगरपालिकाका ७ पुरुष हुन । उनीहरूको उमेर समुह २१ देखि ३० वर्ष रहेको छ । उनीहरु वडा नम्बर २,३,६ र ९ का वासिन्दा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । रौतहटकै माधबनारायण नगरपालिका वडा नं. ३ की २८ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । त्यसैगरी बारा जिल्लाको करैयामाई ५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *