२०८१ माघ ३० गते बुधवार

बाँकेका युवाको शब गाड्ने जिम्मा दुई जनालाई


दाङ, जेठ ४ । कोरानो भाइरसवाट मृत्यु भएका बाँकेका २५ बर्षीय युवालाई गाड्ने जिम्मा दुई जनालाई दिइएको छ । नरैनापुर गाउँपालिका वडा नं. ५ का ती युवालाई गाउँमै गाड्ने तयारी गरिएको छ । मृतक युवा मुस्लिम समुदायको रहेको हुँदा मुस्लिम समुदायको धार्मिक परम्परा अनुसार गाउँकै कब्रिस्तानमा लगेर शव गाड्ने तयारी गरिएको जानकारी दिइएको छ ।

मुस्लिम समुदायको शव गाड्ने स्थानलाई कब्रिस्तान भन्ने गरिन्छ । शव गाड्ने जिम्मा लगाइका दुई व्यक्तिलाई १४ दिन सम्म क्वारेन्टिनमा बसाइने भएको छ । सुरक्षाकर्मी र परिवारका एक दुईजना सदस्यको उपस्थितिमा शव गाड्न लागिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *