२०८१ पुष २९ गते सोमवार

सोना सिमेन्ट उद्योगको सहयोग –५५ क्विन्टल चामल र १००० थान एन ९५ मास्क

दाङ, जेठ तुलसीपुरको दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगले तुलसीपुर फूड बैंकमा खाद्यान्न सहयोग गरेको सोनापुर मिनरल्सप्रालिका महाप्रवन्धक हरि पाठकले तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको फूड बंैकमा ५५ क्विन्टल चामल प्रदान गरिएकोजानकारी दिए

पाठकले गरिब तथा विपन्न वर्गलाई सहयोग गर्ने उदेश्यका साथ उक्त सहयोग प्रदान गरिएको फरककोणलाई फोनमा बताए नगरप्रमुख घनश्याम पाण्डेले समस्यामा परेका व्यक्तिको सहयोगको लागि खाद्यान्न सहयोग गरेकोमा प्रवन्धक पाठकलाई   धन्यवाददिएका छन् पाण्डेले उपमहानगरपालिकाले फूड वैंकमा जम्मा भएको खाद्यान्न विपन्न बर्गलाई  वितरण गरिने जानकारी दिए त्यसैगरीउद्योगको तर्फवाट पाठकले  एक हजार पिस एन ९५ मास्क तुलसीपुर उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको जानकारी दिए

कोरोना महामारी नियन्त्रणका लागि फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सञ्चारकर्मीको सुरक्षाको लागि एक हजार थानमास्क सहयोग गरिएको उनले बताए यसैबीच प्राप्त मास्कहरु तीन वटा गाउँपालिकालाई समान रुपमा ५०÷५० थानका रुपमा वितरणगरिएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिए दंगिशरण, शान्तिनगर गाउँपालिका बबईगाउँपालिकालाई ५०÷५० पिसका दरले पठाइएको रिजालले बताए

त्यसैगरी इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ७६ पिस, सशस्त्र प्रहरी बेश क्याम्प तुलसपुरलाई ४० पिस, ट्राफिक प्रहरी कार्यालयतुलसीपुरलाई १६ पिस, जिल्ला ट्राफिक कार्यालय घोराहीलाई ५० पिस मास्क वितरण गरिएको रिजालले जानकारी दिए तुलसीपुरक्षेत्रका पत्रकारका लागि सय ५० पिस मास्क प्रदान गरिएको रिजालले बताए मिडिया हावसमा कार्यरत सञ्चारकर्मीहरुलाई मास्कप्रदान गर्ने जिम्मा भने रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलाई प्रदान गरिएको

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *