२०७८ बैशाख २८ गते मङ्गलवार

कोरोना संक्रमित संख्या २ सय ९१ पुग्यो

जेठ ४। नेपालमा थप १० जना कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमित संख्या २ सय ९१ पुगेको हो।

थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुने दशै जना पुरुष हुन्। यसैगरी अन्य तीन संक्रमित रौतहट इशनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ का हुन्। उनीहरूको उमेर २८, ३० र ३३ वर्ष रहेको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले गरेको परीक्षणमा उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो। हिजो शनिबार मात्रै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु रेकर्ड भएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *