२०७८ बैशाख २५ गते शनिवार

प्रदेश ५ मा १०९ जना कोरोना संक्रमित


दाङ, जेठ ३ । शनिबार थप २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सहित शनिवार मात्रै ११ जनामा कोरोना पुष्टि भएको छ । शनिवार नै कपिलबस्तुमा ३ जना, बर्दिया, सर्लाही, चितवन, बीरगन्जमा थप ६ जनामा कोरोना पुष्ट भएको थियो । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ।त्यसमा २ सय २४ पुरुष र ५४ जना महिला छन् ।

त्यसमध्य ३६ जना भने उपचार पछि घर फर्किसकेका छन् । हालसम्म २६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नम्वर ५ मा संक्रमितको संख्या १०९ पुगेको छ । यो संख्या प्रदेश नं. २ को बराबरी हो । प्रदेश नं. २ मा पनि १०९ जना संक्रमित फेला परेका छन् । त्यसैगरी बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा ३ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित हालसम्म फेला परेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *