दाङ, जेठ ३ । कपिलबस्तमा शनिवार थप तीजना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा निवासी २५,३४ र ४४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ। साथै हालसम्म ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
शनिबार विहान मात्रै थप ६ जना संक्रमित फेला परेका थिए । बर्दिया नार्सु ११ का २८ वर्षीया महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीया युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार