तुलसीपुर, जेठ ३ । दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमितलाई राखिएको छ ।शुक्रवार मध्य रातमा कपिलबस्तु जिल्लाका ३ जना र दाङकै गढवा गाउँपलिकाका २ जना संक्रमितलाई मध्यरातमा ल्याइएकोअस्पतालका एक डा. सर्बेश शर्माले जानकारी दिए ।
शुक्रवार बेलुका ७ बजे बाँकेको नरैनापुर गाउँपालिकाकाका ८ जना संक्रमितलाई बेलझुण्डी ल्याइएको थियो ।दाङको गढवागाउँपालिकाका २३ बर्षीय र ३६ बर्षीय २ युवामा शुक्रवार पहिलो पटक कोरोना पुष्टि भएको हो । शुक्रवार नै तुलसीपुरउपमहानगरपालिका वडा नं. ७ घर भइ काठमाडौंको टिचिङ अस्पताका एक ३४ बर्षीय कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ । उनीकाठमाडौंमै क्वारेन्टिनमा बस्दै आएका छन् । तर गत चैत ५ गते तुलसीपुरस्थित घरमा आएको भन्ने खुल्न आएको स्रोतले बताएको छ ।
गढवाका दुई संक्रमित भने मजदुरीका लागि भारतबाट घर फर्केकाहरु हुन । केही दिन पहिले मात्रै उनीहरु कपिलबस्तुस्थित कृष्णनगरनाकाबाट नेपाल प्रवेश गरेपछि कपिलबस्तुमै क्वारेन्टिनमा बसेका थिए । गढवावाट एम्बुलेन्समा पठाएर उनीहरुलाई सोझै क्वारेन्टिनमाराखिएको थियो ।
गढवाका चार जना भारतवाट संगै आएका भएपनि दुईजनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । त्यसदिन उनीहरु संगै ५ एम्बुलेन्समाल्याएको भएपनि एकजना भने कालाकाँटेस्थित प्रहरी चेकपोष्टमा झरेका थिए ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जिल्ला भर १ सय ६६ आइसोलेसन बेडहरु निर्माण गरिएको जानकारी दिए ।तुलसीपुरको बेलझुण्डीमा १०० बेड, तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा ५ बेड, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०बेड, सिसहनियमा ६ आइसोलेन बेडहरु निर्माण गरिएका छन् । त्यस्तै जिल्लाका विभिन्न प्राइभेट अस्पतालहरुले थप ४५ आइसोलेनबेडहरु निर्माण गरेको प्रजिअ रिजालले जानकारी दिए । जिल्लाका दश स्थानीय तहरुमा गरेर २८८ क्वारेन्टिन बेडहरु निर्माण गरिएकाछन् । बाहिरी जिल्लावाट समेत विरामी दाङमा ल्याउन थालिएपछि आइसोलेसन बेड र क्वारेन्टिन बेडको संख्या थप्ने बारे छलफलभइरहेको प्रजिअ रिजालले जानकारी दिए ।