२०७८ जेष्ठ ४ गते मङ्गलवार

दाङमा ३ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या २६७ पुग्यो

दाङ , जेठ २ । दाङको तुलसीपुरका थप १ जनामा पनि कोरोना पुष्टि भएको छ । यो संगै दाङमा एकै दिन ३ जनामा कोरोना पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ३४ बर्षीय युवाहरुमा कोरोना पुष्टि भएको छ । शुक्रवार नै जिल्लाको गढवा गाउँपालिका वडा नं. ४ र ५ का २३ र ३६ बर्षीय युवामा पनि कोरोना पुष्टि भएको थियो ।

शुक्रवार नै बीरगन्ज निवासी ९ र १० बर्षीय बालक, २३ र ४७ बर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ बर्षीय एक पुरुष र काठमाडौंको सतुङगल निवासी ७ बर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ । नेपालमा एकै दिन ९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सह–प्रवक्ता समिरकुमार अधिकारीले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *