तुलसीपुर, जेठ २ । दाङको गढवामा पहिलो पटक दुई युवामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकाका निवासी २३ बर्षीय र ३६ बर्षीय युवामा कोरोना पुष्टि भएको हो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डां संगीता भण्डारीले बेलुकी आठ बजे फरककोणलाई पहिलो पटक दाङमा कोरोना पुष्टि भएको जानकारी दिइन ।
उनीहरु दुबैजना केही दिन पहिले भारतवाट आएकाहरु हुन । उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन् । यो नै दाङमा कोरोना संक्रमित पुष्टि भएको पहिलो घटना हो ।
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार