दाङ, जेठ २ । शुक्रवार बाँकेको नरैनापुर गाउँपालिकाबाट आठ जना कोरोना संक्रमितलाई बोकेको एम्बुलेन्स दाङ आउन हिडेको छ । उनीहरुलाई दाङ तुलसीपुरको बेलझेण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउन थालिएको छ । ८ जना कोरोना संक्रमित सबैलाई एउटै एम्बुलेन्समा राखेर बेलुका ५ बजेतिर दाङ तर्फ पठाइएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ढिलोमा पौने ८ बजेभित्रै एम्बुलेन्स बेलझुण्डी कोरोना विशेष अस्पतालमा आइपुग्ने जानकारी दिइएको छ ।
बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा रहेका २५आइसोलेनस बेड मध्य सबै भरिएको हुँदा शुक्रवार नयाँ थपिएका ८ कोरोना संक्रमितलाई दाङ ल्याउन लागिएको हो । यसअघि बर्दियाकी एक ११ बर्षीया कोरोना संक्रमित बालिकालाई दाङ ल्याउने तयारी भएपनि त्यसको विरोध भएपछि बाँकेमै राखिएको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार