२०८२ कार्तिक २५ गते मङ्गलवार

नरैनापुरका ६ संक्रमित वैशाख ३० गते भारतवाट आएका थिए


दाङ, जेठ २ । बाँकेको नरैनापुर गाउँपालिकामा भेटिएका आठ जना नयाँ संक्रमित भारतवाट आएको खुल्न आएको छ ।त्यसमध्य ६ जना बैशाख ३० गते लुकिछिपी नेपाल आएकाहरु हुन । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले उनीहरु केहीदिन पहिले मात्रै गाउँमा आएको जानकारी दिए । आउना साथ उनीहरुलाई क्वारेन्टिनमा लगिएको थियो ।भारतको मुम्बई, कानपुर र हैदरावादबाट कतै हिडेर र कतै ट्रकमा चढेर आएपछि नेपाल प्रवेश गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले उनीहरु खुल्ला नाकाबाट प्रवेश गरेका मानिसहरु भएको जानकारी दिइन । स्थानीय पत्रकार विनय दिक्षित तीन दिन अगाडि आएका ६ जना संक्रमितहरु एउटै ट्रकमा ७० देखि ८० जनासम्म खाँदिएर आएको भन्ने खुल्न आएको जानकारी दिए ।

ट्रक बुक गरेर प्रतिव्यक्ति मुम्बईवाट एकजनाले ३ हजार ५ सय आइसी भाडा तिरेर आएको भन्ने खुलेको जानकारी दिए । ‘ मालबहाक ट्रकको पछाडि बन्द गरेर उनीहरु आएका रहेछन्,’ दिक्षितले भने ‘बीचमा प्रहरीले कतै फेला पारेपनि घुस दिएर आएको भन्ने छ।’खुल्ला सीमाना भएको हुँदा उनीहरु मंगलवार बेलुका नरैनापुर आइपुगे । त्यसमध्य तीन जनामा उच्च ज्वरो र रुघाखोकी थियो । उनीहरुलाई के भएको हो ? भनेर चेकजाँच गर्न स्वास्थ्यकर्मी बोलाईयो । बुधवार विहान स्वास्थ्यकर्मीले ४५ जनाको नमुना संकलन गरेर लगे ।

बिहीवार राति नै उनीहरु मध्य आठ जनामा कोरोना पोजेटिभ देखिएको हो । आठ जना संक्रमित मध्य तीन तीनजनामा अझैंपनि उच्च ज्वरो र रुघाखोजी रहेको छ । अन्यको अवस्था भने सामान्ने छ । नयाँ संक्रमित मध्य एकजना भने एकसाता पहिले भारतवाट आएर घरमै लुकिछिपी बस्दै आएका युवापनि छन् । तर यो भन्दा अगाडि ११ दिन पहिले नै दुई जना कोरोना संक्रमित व्यक्ति भारतको क्वारेन्टिन वाट भागेर नरैनापुर आएका थिए । त्यसमा नरैनापुर गाउँपालिका वडा नं. ५ का ३६ बर्षीय पुरुष भारतको महाराष्ट्रबाट आएर भारतकै श्रराबस्ति जिल्लाको पर्शास्थित क्वारेन्टिनमा बसेका थिए । उनीसंगै मुम्बईबाट आएका थप चार युवाहरु पनि बसेका थिए । चार मध्य तीन जनामा भारतमै कोरोना पोजेटिभ देखियो ।

त्यसपछि ३६ बर्षीय संक्रमित युवा आफ्ना साला १८ बर्षीय भारतीय नागरिक (जस्लाई पनि कोरोना पोजेटिभ देखिएको थियो) संगै भागेर नेपाल पसे । उनीहरु नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित ३६ बर्षीय युवाको गाउँ बाहिर जंगलमा बसे । तर भारतीय प्रहरीले एकजना कोरोना संक्रमित नेपाली भागेर गएको सूचना दियो । अनि उनीहरु साला – भेनाको खोजी सुरु भयो । उनीहरु गाउँमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा फेला परे । पक्राउ गरेर फेरि उतै भारत नै पठाइयो । भारतको श्राबस्तिजिल्लाको मल्लिहीपुरस्थित क्वारेन्टिनमा उनीहरुलाई फेरि राखियो ।

फेरि नेपालले आफ्ना नागरिकलाई आफ्नै देशको क्वारेन्टिनमा राख्ने व्यवस्था गरिसकेको जानकारी पाएपछि ३६ बर्षीय युवापनि तीन दिन आगडि नै फेरि स्वदेश फर्किएका हुन । संक्रमित ६ जना नरैनापुर गाउँपालिका वडा नं. ५ मटहैया गाउँका छन् । जो संगै तीन दिन अगाडि भारतवाट ट्रकमा चढेर आएका थिए । ६ वटा वडा रहेको नरैनापुर गाउँपालिकामा खुल्ला सीमाना छ । यहाँ दश वटा क्वारेन्टिनहरु निर्माण गरिएका छन् । यो नेपालकै विकट भूमि मध्यमा पर्छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *