
जेठ १।बिहीबार थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ। बिहीबार दिउँसो पनि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकासहित तीनजनामा संक्रमण पुष्टि भएको थियो। जसमा दुईजना काठमाडौंको चन्द्रगिरी नगरपालिकाका र अर्का नवलपरासीको देवचुली नगरपालिकाका हुन्।
प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार