२०८२ माघ ३ गते शनिवार

अबदेखि तुलसीपुर क्षेत्रका बैंकहरु ३ दिनमात्रै खुल्ने


तुलसीपुर, जेठ १ । तुलसीपुरमा लकडाउनको संवेदनशिलतालाई मध्यनजर गरेर ३ दिन मात्रै बैंकहरु खुल्ने भएका छन् । उपमहानगरपालिकामा बिहीवार सरोकारवालाहरुका बीचमा भएको छलफलमा उक्त सहमति भएको हो ।

सहमति अनुसार आइतवार, मंगलबार र बिहीवार मात्रै वैकहरु खोल्ने सहमतिभएको छ । नगरप्रमुख घनश्याम पाण्डेले विहान १० वजेदेखि दिउँसो १ वजेसम्म मात्रै बैकहरु खोल्ने निर्णय भएको जानकारी दिए । बैक खोल्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने, मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्ने निर्णय भएको छ । यहाँका बैंकहरुमा सामाजिक सुरक्षा भत्ता लिनेहरुको बाक्लो उपस्थिति हुने गरेको छ । त्यो भिडका कारण लकडाउनको कार्यान्वयन वारे समेत चिन्ता जाहेर हुँदै आएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *