२०८१ माघ २६ गते शनिवार

प्रेस लेखेर कार चलाउने कालिका मालिका प्रालिका अध्यक्ष विक रहेछन्

तुलसीपुर,जेठ १ । कालिका मालिका प्रालिका अध्यक्ष दिलिप विकले प्रेस लेखेर चलाएको कार दुर्घटनामा परेपछि छोडेर फरार भएका छन् ।प्रेसको दुरुपयोग गर्दै विकले चलाएको कार तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वाराको वरालोमा बुधवार बेलुका साढे ४ बजेतिर दुर्घटनामा परेको थियो ।

पश्चिम तर्फवाट तुलसीपुर बजार तर्फ आउँदै गरेको बा ११ च ३७०३ नम्वरको कार बेलुका साढे ७ बजेतिर दुर्घटनामा परेको थियो ।मदिराले मातेर चालकले कार चलाएको हुँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । घटनाका प्रत्यक्षदर्सी स्थानीयले पनि कारवाट दुई÷तीन जन झरेको र उनीहरु लरखराउँदै निस्किएर हिडेको जानकारी दिएका छन् ।

कार सडकलेन पार गरेर नालीमा पुगेको भएपनि क्षति भएको छैन । मानिसहरुलाई पनि चोटपटक लागेको छैन । तर प्रेसको दुरुपयोग गरेर कार चलाउने विकलाई भने विहीवार विहान सवा १० बजेसम्म पनि प्रहरीले फेला पार्न सकेको छैन । विक लगाएत कारमा सवार व्यक्तिहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लकडाउनको समयमा प्रहरीले चेकजाँचका क्रममा एकजना यस्तै नक्कली प्रेस लखेको मोटरसाईकल नियन्त्रणमा लिएको थियो । ती युवाले रिपोटर्स क्लव नेपालको नक्कली प्रेसपास बोकेका थिए । यही बीचमा पश्चिम दाङको एउटा जंगलमा सिकार खेल्न गएका व्यक्तिले समेत मोटरसाईकलमा प्रेस लेखेको अवस्थामा वनको टोलीले फेला पारेर नियन्त्रणमा लिएको थियो । उल्लेखित घटनाहरुले तुलसीपुर क्षेत्रमा प्रेसको दुरुपयोग बढ्दै गएको देखिएको भएपनि सरोकारवाला निकाएले भने त्यसप्रति मौनता पर्दशन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *