२०८० चैत्र ३० गते शुक्रवार

रोल्पाका अग्नी पीडितलाई प्रहरीले राहात सामाग्री बाँड्यो


घनश्याम बुढाथोकी,
रोल्पा, जेठ १ । रोल्पामा प्रहरीले दुईजना अग्नी पिडितलाई राहात प्रदान गरेको छ ।जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने रकम प्राप्तीको लागि जिल्ला प्रहरी कार्यालयमा आएका दुई जनालाई सिफारिस संगै राहात प्रदान गरिएको छ । वैशाख १८ गते रोल्पा नगरपालिका वडा नं. १ खेवासे निवासी गणेश रसाईली र वैशाख २१ गते त्रिवेणी गाउँपालिका वडा नं. १ का बमबहादुर वलीको घरमा आगलागी भएको थियो ।

लकडाउनका कारण उनीहरु घन्टौं हिडेर राहातको सिफारिस लिन भन्दै जिल्ला प्रहरी कार्यालयमा आएका थिए । उनीहरुलाई त्रिपाल, प्लाष्टिकका गुन्द्री, भाँडा वर्तनहरु प्रदान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए । उनले प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहातका लागि अन्य निकाएमा सिफारिस गर्दै प्रहरीले समेत आफुसंग भएका सामाग्री सहयोगका लागि प्रदान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *