![](https://farakkon.com/wp-content/uploads/2020/05/bike-aaglagi.jpg)
तस्विर – प्रेमप्रकाश चौधरी ।
तुलसीपुर, जेठ १ । तुलसीपुरमा चलाईरहेको एक मोटरसाईकलमा एक्कासी आगो लागेर नष्ट भएको छ । दंगिशरण गाउँपालिका वडा नं. ५ का वडा सचिव प्रेमप्रकाश चौधरीले चलाइरहेको रा १ ब ७२५ नम्वरको सरकारी मोटरसाईकलमा एक्कासी आगो लागेर नष्ट भएको छ ।
बुधवार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित भ्याली पेट्रोलपम्म दोघरेमा पेट्रोल भरेर स्टाट गरि फर्किदै गर्दा एकाएक मोटरसाईलकमा आगो लागेको वडा सचिव चौधरीले बताएका छन् ।
उक्त मोटरसाईकल वडाध्यक्ष दिपक गौतमले प्रयोग गदै आएका थिए । वडाध्यक्षको आदेशले आफु पेट्रोल पम्पमा पेट्राले भर्न गएको चौधरीले बताएका छन् । एक हजारको तेल भरेपछि मोटरसाईकल स्टाटगरी दुई मिटर जति टाढा पुग्नासाथ मोटरसाईकलमा आफुले आगोदेखेपछि छोडेर भागेर जोगिएको चौधरीले बताए ।
‘ दाहिने खुट्टामा पोलेको अनुभूति भयो,’ चौधरीले भने ‘ यसो दाहिने खुट्टामा हेरेको त ट्याङ्किकीको मुनी आगो बलिरहेको थियो।’ त्यसपछि आफु हत्तनपत्त बाइकको अफ गरेपछि स्ट्याण्ड लगाई भागेर ज्यान जोगाउन सफल भएको चौधरीले बताएका छन् । आगलागी पेट्रोल पम्पको कम्पाउन्डमै भएतापनि ५ मिनेट भित्रै दमकल आएको उनले जानकारी दिएका छन् । थप कुनै क्षति हुन नपाएपनि मोटरासईकल भने पूर्ण रुपमा जलेर नष्ट भएको छ ।