२०८१ माघ २६ गते शनिवार

थप ७ संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५० पुग्यो

दाङ, जेठ १ । विहीवार विहानै थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै अव नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितहरूमा सर्लाही धानकौल नगरपालिकाका एक ४५ वर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्र्षीया युवती रहेका छन् ।

यसैगरी अन्य संक्रमितमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका १६ वर्षीय युवक र ३५ वर्षीय एक पुरुष रहेका छन् । यसअघि बिहीवार विहान सवा ६ बजे मन्त्रालयले जारी गरेको बक्तव्यमा काठमाडौं चन्द्रागिरीका एक पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोनाको संक्रमण पुष्टि भएको उल्लेख छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *