२०७८ जेष्ठ ४ गते मङ्गलवार

आज थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्याे

काठमाडौं, वैशाख ३१।आज बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्। रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।

आजै िदउसाे दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्। यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएकाे छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *