वैशाख ३१। नेपालमा बुधबार दिउसोसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।
प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार