दाङ, वैशाख ३१ । धनुषामा पनि एक पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको छ । यो संगै नेपालमा तीन जना पत्रकारमा कोरोना पुष्टिभएको छ । मंगलवार बीरगन्जमा दुई पत्रकारमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
धनुषामा मंगलबार फेला परेका दुई कोरोना संक्रमित मध्ये एक जना धनुषाकै पत्रकार रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।
धनुषा र महोत्तरीमा भेटिएका ४ जनामध्ये ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको छ । अर्की एकयुवतीलाई बुधवार अस्पताल लैजान लागिएको छ।
प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार