बैशाख ३१ । पर्सा जिल्लामा कोरोना भाइरसको जोखिम बढेपछि निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेगरी पर्सा जिल्लाभर निषेधाज्ञा लागू गरेको जनाएको छ ।
अब जिल्लामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउनेछैनन् भने जिल्लाभर सेना परिचालन गरिएको छ । पर्सामा मंगलबार ५७ जनामा पुष्टि भएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना नियन्त्रणको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय प्रशासन ऐन अनुसार सेना परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालले पर्साले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार