२०८१ बैशाख १२ गते बुधवार

काठमाडौं र भक्तपुरमा पनि भेटिए संक्रमित, संक्रमित २१७ पुगे

वैशाख ३१ । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी, धनुषा, भक्तपुर, काठमाडौंर सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडौंमा १ जना, पर्सामा १८ र सर्लाहीमा एक जना नयाँ संक्रमित भेटिएका हुन्।

संक्रमण पुष्टि भएकाहरु  २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।महोत्तरीका १६ र ३५ वर्षका पुुरूष रहेका छन्। त्यसैगरी, धनुषाकी २० महिला र ४० वर्षका पुरूष रहेका छन्। त्यस्तै काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरूष रहेका छन् भने भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरूष रहेका छन्।

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित २१७ पुगेका छन्। तीमध्ये ३४ जना उपचार गरी घर फर्किएका छन्।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *