दाङ, वैशाख ३० । वीरगन्जका दुई जना पत्रकार र कपिलबस्तुमा एकजना नर्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकारमापनि कोरोना पुष्टि भएको छ ।
नेपालमा पत्रकार र उपचारमा सम्लग्न नर्सलाई कोरोना पुष्टि भएको पहिलो पटक हो । कपिलवस्तुमा मंगलवार संक्रमित आठ जनामध्येएक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स रहेको खुल्न आएको छ ।
कपिलवस्तु नगरपालिका वडा १ निवासी २५ वर्षीया उनी जिल्ला अस्पतालमा कपिलबस्तुकी स्टाफ नर्स हुन ।कपिलवस्तुमा हालसम्म संक्रमण देखिएका २९ जना मध्य नर्सबाहेक अन्य सबै २८ जना सबै भारतबाट लुकिछिपी आएकाहरु हुन ।
प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार