२०८१ फाल्गुन ७ गते बुधवार

बर्दियाबाट कोरोना संक्रमितलाई दाङ ल्याउन खोजेपछि व्यापक विरोध


तुलसीपुर, वैशाख ३० । बर्दियावाट कोरोना संक्रमित विरामीलाई तुलसीपुरको बेलझुण्डी अस्पतालमा ल्याउन थालेपछि त्यसको व्यापक विरोध भएको छ । विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा त्यसको चर्कौ विरोध गरेका छन् । उनीहरुले हालसम्म कुनैपनि कोरोनाका विरामी फेला नपरेको जिल्ला दाङमा बर्दियावाट विरामी ल्याउनु खोज्नु गलत भएको भन्दै टिप्पनी गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले बर्दियावाट कुनैपनि हालतमा विरामी दाङ ल्याउन दिन नहुने धारणा राखे । ‘हामी अमेलिया–तुलसीपुर र लमही–घोराही सडक खण्ड बन्द गर्नुपरेपनि तयार छौं,’ रिजालले भने ‘ तर कुनैपनि हालतमा बर्दियावाट विरामी छिराउन दिदैनौं।’

बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ की ११ बर्षीया कोरोना संक्रमित बालिकालाई बाँकेको खजुरास्थित अस्पतालमा आइसोलेसन बेडको अभाव देखाउँदै दाङमा ल्याउन खोजिएको भएपनि आफुले सकभर दाङमा नल्याउन सुझाएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले बताए । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हालसम्म दाङ लैजाने भन्ने कुरा चलिरहेको भएपनि दाङ कि बाँके कहाँ लैजाने भन्ने एकिन नभएको बताए ।

बर्दियाको राजापुर नगरपालिकाकाका कोरोना फोकल पर्सन गणेश अर्यालले ती बालिका आफ्नी हजुरआमाको माइती धनगडी उपमहानगरपालिकामा एक महिना बसेको र त्यसपछि ३ दिन अगाडि मात्रै भजनी नगरपालिकास्थित छोरीको घरमा बसेको भन्ने खुल्न आएको बताए । बैशाख १६ गते कैलालीवाट आएकै दिन ती बालिकालाई सोझै बर्दियाको राजापुर नगरपालिकास्थित किसानमाथिमा निर्मित क्वारेन्टिनमा सोझै लगेर राखिएको थियो । ती बालिका चैत ५ गते हजुरआमा संग कैलाली पुगेकी थिइन । क्वारेन्टिनमा राखेपछि उनको ३ दिन अगाडि मात्रै स्वाब संकलन गरि पिसिआर विधिवाट कोरोना जाँच भएको थियो । बालिकाको कोरोना पुष्टि भएपनि उनकी हजुर आमामा भने परीक्षण रिपोट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *