२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरमा फेरि प्रहरीले सक्रियता बढायो


तुलसीपुर, बैशाख ३० । तुलसीपुर क्षेत्रमा फेरि प्रहरीले लकडाउन कार्यान्वयनमा सक्रियता बढाएको छ । मंगलवार विहान इलाका प्रहरी कार्यालय तुलसीपुरले अत्यावश्यक काम नपरी लखर लखर हिड्ने २१ जनालाई नियन्त्रणमा लिएर संझाई छाडेको छ । यसअघि तुलसीपुरमा व्यापारी र प्रहरी प्रशासनका बीचमा असमझदारी बढेको थियो । प्रहरीले पसल भित्रै प्रवेश गरी व्यापारी कुटेको आरोप लगाउँदै तुलसीपुर उद्योग वाणिज्य संघले त्यसको विरोध गर्दै अनिश्चितकालिन रुपमा वन्द आह्वान गरेको थियो ।

लगतै दोस्रो दिन जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी तुलसीपुरमा आएर प्रहरी अधिकारीलाई आत्मआलोचना गर्न लगाएको खवर सार्वजनिक भएको थियो । त्यो घटनापछि प्रहरी डिउटीमा गएपनि कसैलाई पनि सोधपुछ र चेकजाँच नगरी बस्दै आएको थियो ।

त्यसपछि कतिपयले सामाजिक सञ्जालहरुमा प्रहरीको मनोवल गिराउने कार्य भएको भन्दै विरोध समेत भएको थियो । त्यही विरोधका बीच मंगलवारदेखि फेरि प्रहरीले चेकजाँचमा कडाई गर्दै लकडाउन उलंघन गरि लखर लखर हिड्नेलाई सोधपुछ तथा केरबार गर्न थालेको छ ।
छिमेकी जिल्लाहरु बाँके र कपिलबस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढिरहेको समयमा प्रहरी निस्कृय बसिदिदा त्यसले चिन्ताहरु थपेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *