तुलसीपुर,वैशाख ३० । तुलसीपुर उपमहानगरपालिकाका सबै वडाबाट सोमबारदेखि मकैको विउँ वितरण सुरु भएको छ । २ सय किसानले निवेदन दिएकोमा सोमबार ८३ किसानले अनुदानको मकैको विउ लगेको कृषि विकास शाखाका कृषि प्राविधिक कुलराज चौधरीले जानकारी दिए । उनले १० क्विन्टल २० किलो मकै वितरण गरिएको पनि जानकारी दिए ।
जेठ पहिलो साताबाट धानको विउ वितरणलाई अगाडि वढाइने पनि चौधरीले वताए । धानको विउका लागि करिव ३ सय किसानहरुले निवेदन दिएको उनलाई जानकारी दिए । ५० प्रतिशत अनुदानमा विउ पाएपछि किसानहरु खुसी भएका छन् ।
व्यवसायिक कृषिको विकासका लागि उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई मकैको विउ वितरण गरेको हो । त्यसका लागि विभिन्न सञ्चार माध्यमबाट सूचना प्रशारण र प्रकाशन गरेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार