कपिलबस्तु, वैशाख २९ । सोमवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको छ।एकैदिन कोरोनाका १० जना नयाँ संक्रमित थपिएपछि सुरक्षा समितिले त्यस्तो निर्णय गरेको हो । जिल्ला सिल भएपछि अत्यावश्यक सेवाका बाहेक अब कुनैपनि व्यक्तिलाई जिल्लाबाट बाहिर जान र जिल्ला प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइने भएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार साँझ ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म जिल्ला सिल गर्न लागेको बताए । बैठकपछिको पत्रकार सम्मेलनमा प्रअिज पौडेलले लुकिछिपी भारतवाट कोही आउन नपाउन भन्ने उदेश्यका साथ जिल्ला सिल गरिएको जानकारी दिए ।
कपिलबस्तुमा कोरोना संक्रमितहरु भारतवाट नेपाल लुकेर आएकाहरु हुन । पौडेलले सीमा नाकामा थप कडाइ गरिने बताए । सोमबार कपिलवस्तुमा थप भएका कोरोनाका संक्रमित सबै दश दिनको बीचमा लुकेर भारतबाट आएकाहरु हुन ।