२०८१ माघ ३० गते बुधवार

सप्तरीका एक युवकमा कोरोना पुष्टि


दाङ, वैशाख २९ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ का १८ वर्षीय युवक एक युवकमा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सोमवार दिउँसो उनमा कोरोना पुष्टि भएको बताए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । त्यसमध्य ३१ जना उपचारपछि घर फर्किसकेका छन् । तर ३१ जना मध्य थप तीन जनामा पुन ः संक्रमण देखिएपछि उनीहरूको पनि उपचार भइरहेको छ।सप्तरीका युवासहित सोमबार एकैदिन ११ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन ।

बिहान मात्र कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *