२०८२ माघ २९ गते बिहिवार

आज मेघगर्जनसहित पानी पर्ने


बैशाख २९ । आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको छ ।

अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । यो प्रणाली कमजोर भएकाले मौसम खुल्दै गएको विभागले जनाएको छ ।

दिउँसोपछि स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आज पहाडका धेरै र तराईका थोरै ठाउँमा पानी पर्ने छ ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *