तुलसीपुर, वैशाख २९ । तुलसीपुर उपमहानगरपालिकाले विकासको कामलाई गति दिन थालेको छ । प्रत्येक वडामा ३ किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम पुनः सुरु गरिएको हो । विकास प्राधिकरणको कामलाई सामाजिक दुरी कायम गर्दै अगाडि वढाइएको प्राधिकरणका सदस्य सचिव इन्जिनियर पवन योगीले जानकारी दिए ।
जिल्ला संकट व्यवस्थापन समितिले सामाजिक दुरी कायम गर्दै विकासका काम अगाडि वढाउने निर्णय गरेपछि तुलसीपुरमा काम अगाडि वढाइको हो । कालोपत्रेका लागि अहिले उपमहानगरपालिकाका ५ वटा वडामा वेस वनाउने काम भइरहेको प्राधिकरणका सदस्य विजय विकले जानकारी दिए । वेस निर्माण भएसँगै कालोपत्रेको काम अगाडि वढ्ने उनले बताए । हाल वडा नम्वर १,२,३,१२ र १६ मा एकै पटक वेसको काम भइरहेको उनले जानकारी दिए ।
त्यसका लागि उपमहानगरपालिकाका साधनहरुको प्रयोग गरिएको छ । यसअघि कारोना भाइरसको महामारीका कारण रोकिएको कामलाई पुनः तीव्रता दिइएको कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले जानकारी दिएका छन् ।