२०८१ पुष २९ गते सोमवार

आफुमाथि बलात्कारको प्रयास भएको भन्दै ६१ बर्षीया बृद्धाको प्रहरीमा जाहेरी


तुलसीपुर, बैशाख २८ । तुलसीपुरमा एक ६१ बर्षीया बृद्धाले आफुमाथि बलात्कारको प्रयास भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ निवासी एकजना ६१ बर्षीया ती महिलाले सोही ठाउँकै ४४ बर्षीय खिमबहादुर वलीले आफुमाथि मध्यरातमा जवरजस्ती बलात्कार गर्न खोजेको आरोपसहित प्रहरीमा जोहरी दिएकी छन् ।

शनिवार इलाका प्रहरी कार्यालय तुलसीपुरमा आएर ती बृद्धाले वलीले वैशाख १७ गते रातको १२ बजेतिर आफु सुतिरहेको समयमा कोठामा प्रवेश गरि आफुमाथि चढेर कपडा खोली जवरजस्ती करणीको प्रयास गरेको जाहेरीमा उल्लेख गरेको प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।

‘पीडित रोइकराई गर्दा छुट्टै कोठामा सुतेकी छोरीले थाहाँ पाएपछि छोरी पुग्दा अभियुक्त वली भागेको भन्ने बेहोरो पीडितको निवेदनमा ंउल्लेख छ,’ प्रहरी निरिक्षक पालले भने । जोहरीपछि अभियुक्तको खोजी कार्य सुरु भएको प्रहरी प्रबक्ता पालले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *