२०८२ माघ ५ गते सोमवार

गोल्टाकुरीमा पहिलो पटक रक्तदान


प्रकाश डाँगी,
गोल्टाकुरी वैशाख २८ । दाङ जिल्लामा रगत अभाव हुन नदिन पहिलो पटक गोल्टाकुरीमा रतmदान कार्यक्रम गरिएको छ ।दंगिशरण गाँउपालिकाको गोल्टाकुरीमा रहेको स्वास्थ्य केन्द्रमा बैशाख शनिवार गरिएको रक्ततदान कार्यक्रममा गाउँपालिका प्रमुख र उपप्रमुख लगाएत धेरैले जीवनमा पहिलो पटक रक्ततदान गरे । आफ्नै ठाउमा रक्तदान गरी कसैको जीवन बचाउने कार्यमा सहभागी हुन पाउँदा आफुहरु निकै खुसी बनेको प्रतिक्रिया दाताहरुले व्यक्त गरेका छन् ।

रक्तदान कार्यक्रममा गाँउपापलका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पीमा खड्का, वडा अध्यक्षहरु तुल्सीराम देवकोटा,श्रीप्रसाद चौधरी,वडा सदस्य नन्दराम केसी लगाएत बिभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए ।कोरोना संक्रमनको भयावह अवस्था र लकडाउनको बीचपनि दाङ रेडक्रसले शहर केन्द्रित रहेको रक्ततदान कार्यक्रमलाई पहिलो पटक दंगिशरण गाँउपालिकाको गोल्टाकुरीमा गरेको छ ।विकट गाउँमा रक्तदान कार्यक्रम आयोजना गर्नुको उदेश्य ग्रामिण क्षेत्रमा रहेका नागरीकलाई रगतको महत्व बुझाउन गरिएको हो ।

लकडाउनमा ३ सय ८३ प्वाइन्ट रगत संकलन
दाङमा लकडाउनको अवधिमा चैत ११ गतेपछि बैशाख २८ गते मध्यान्ह ः १२ बजे सम्मको तथ्याङक अनुसार तुलसीपुरमा १ सय ७२, घोराहीमा २ सय ११ गरी कुल ३ सय ८३ प्वाइन्ट रगत संकलन भएको छ ।यस बीचमा घोराहीमा २ सय ५८ र तुलसीपुरमा १ सय गरी जम्मा ३ सय ५८ प्वाइन्ट रगत सप्लाई भएको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले जानकारी दिएका छन् ।

देशमा चैत्र ११ गतेदेखि कोरोना संक्रमन फैलिन नदिन भन्दै घोषना गरिएको लकडाउनको बीचमा संस्थागत तर्फ त्रिभुवन नगर जेसिस घोराहीले १० प्वाइन्ट, अनेरास्वियु घोराही ५२ प्वाइन्ट, सन्त निरंकारी मण्डल घोराही ९ प्वाइन्ट, त्रिभुवन नगर जेसिज घोराही र दारी ग्याँङ ४१ क्यान, महासंघ ५ जना, सिडिइएम ५ नं. प्रदेश १० जनाले रक्त दान गरेका छन् ।

त्यस्तै रोट्रयाक क्लव तुलसीपुर १७ जना, सन्तनिरंकारी मण्डल तुलसीपुर १५ जना, भिष्म स्मृति प्रतिस्ठान बिजौरी २१ जना, रास्ट्रिय युवा संघ १९ जना, तुलसीपुर बैंकर्स क्लव ५ जना, तुलसीपुर उद्योग बाणिज्य संघ १० जना,अनेरास्ववियु दाङ ९ जना र दंगिशरण गाँउपालिका दाङ २६ गरी जम्मा २ सय ५५ प्वाइन्ट रगत संस्थागत रुपमा प्राप्त भएको छ ।

व्यक्तिगत रुपमा यो बीचमा १ सय २८ जना स्वयंसेवी रक्तदाताहरुले घोराही र तुलसीपुरमा रहेका रक्तसञ्चार केन्द्रहरुमा गएर रक्तदान गरेका छन् । लकडाउनको समयमा जिल्लामा रगत अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाईटीले आफ्ना गतिबिधि बढाइरहेको रेडक्रस दाङका सभापति नारायण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *