२०८१ चैत्र १३ गते बुधवार

तुलसीपुर क्वारेन्टाइनमा वसेकी महिलाले जन्माइन जुम्ल्याहा वच्चा


बशन्त आचार्य,
तुलसीपुर, वैशाख २७ । तुलसीपुर उपमहानगरपालिकाले कोरोनाको आशंका रहेका मानिसहरुलाई राख्नका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा वसेकी महिलाले जुम्ल्याहा वच्चा जन्माएकी छिन् । वडा नम्वर १३ फुलवारी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी हुन् । अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार दुवै वच्चा स्वस्थ्य छन् । उनले एक बच्चाको तौल भने कम रहेको जानकारी दिइन । ‘एउटाको १.८ केजी र अर्काको १.५ केजी तौल छ’ डा. पुरीले भनिन् । तौल कम रहेपनि दुवै वच्चाले राम्रो संग आमाको दूध खान थालेको उनले जानकारी दिइन् । वच्चाहरु शुक्रवार राति ९.१५ मा जन्मिएका हुन ।

गर्भवति यादव विहीवारबाट क्वारेन्टाइनमा वस्न थालेकी थिइन् । चार महिना अगाडिबाट रुपैडिहाको विलौनीमा माइतिघर रहेकी यादव विहीवार मात्रै २ दिन हिडेर घरमा आएकी थिइन् । भारतबाट आएको भनेर गाउँलेहरुले खवर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाको कोरोना रेस्क्यु टिमले विहीवार राति नै क्वारेन्टाइनमा ल्याएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनको र्यापिड टेस्ट नेगेटिभ आएको पनि न्यौपानले वताए ।

यादवलाई शुक्रवार मध्यान्हः १२ वजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको विपद् शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । जटिल अवस्था आएमा आफुहरुले नेपालगञ्ज लैजाने तयारी पनि गरेको खत्रीले बताए गर्भवति यादवका कोहीपनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै सबै जिम्मेवारी लिएर उनको उद्धार गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

पाण्डेकै निर्देशनमा उनको सम्पूर्ण उपचारको जिम्मा लिइएको हो । ‘उहाँलाई सुत्केरी गराउन जहाँ लैजानुपरेपनि हामीले जिम्मा लिने कुरा थियो,’ खत्रीले भने ‘तर, तुलसीपुरमै बच्चाहरु जन्मिए।’ आमा र वच्चाका अवस्था अहिले स्वास्थ्य रहेको जानकारी दिइएको छ । उपमहानगरपालिकाले शुक्रवार अबेर मात्रै उनका श्रीमान र छोरीलाई अस्पतालमा ल्याएको थियो । यादवका यसअघि २ छोरा र २ छोरी रहेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *