
वैशाख २७ । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित ३ जना महिला उदयपुर भुल्केका हुन्। उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष रहेको छ।
यसैगरी संक्रमित ४ पुरुषमध्ये ३ जना कपिलवस्तु र एक जना पर्सा छपकैयाका हुन्।कपिलवस्तुका संक्रमितमा १७ वर्षका एक र १८ वर्षका दुई युवक रहेका छन्। पर्साका संक्रमित पुरुषको उमेर ६२ वर्ष रहेको छ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था रहेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार