दाङ, वैशाख २६ । नेपालगन्जमा थप एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अंचल अस्पतालमा गरिएको परीक्षणमाशुक्रवार १६ वर्षीय युवामा संक्रमण देखिएको हो । उनीपनि नेपालगन्ज उपमहानरपालिका वडा नं. ८ कै रहेको कुरा बाँकेका कोरनाफोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।तर उनमा कसरी कोरोना संक्रमण भयो भन्ने बारे अनुसन्धान हुन बाँकी नै रहेको श्रेष्ठले बताए ।
योसहित नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ । देशभर संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुष ७४ र२८ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा बाहेक अहिलेसम्म अन्य सबै प्रदेशमा संक्रमितहरु भेटिएका छन् । सुदुर पश्चिममाप्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २७ जना, गण्डकीमा २, बागमतीमा ७, १ मा ३१ र प्रदेश दुईमा ३० संक्रमित फेला परेका छन् ।
हालसम्म सबै संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । शुक्रवारसम्म कोरोना संक्रममित मध्य ३०जना निको भएर घर फर्किएका छन् । तर ती मध्य ३ जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ।