२०८१ फाल्गुन २ गते शुक्रवार

३ स्थानीय तहलाई रोटरी क्लबले दियो स्वास्थ्य सामाग्री


तुलसीपुर, बैशाख २६ । रोटरी क्लब अफ तुलसीपुर सिटीले दाङका तीन वटा गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । क्लबका अध्यक्ष देबबहादुर केसीले ववई गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरि खड्का, दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र शान्तिनगर गाउँपालिकाका कार्यकारी प्रमुख नरबहादुर विश्वकर्मालाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।

क्लबको कार्यालयमा तीन चरणमा गरिएका फरक कार्यक्रम मार्फत ती सामाग्री वितरण गरिएको हो । प्रत्येक पालिकालाई उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) दुई थान, सेनिटाइजर ६० थान, मास्क ५० थान र साबुन १ सय ४४ थान प्रदान गरिएको कलबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले बताएका छन् ।

वितरित सुरक्षा सामाग्री ग्रहण गर्दै तीन वटै पालिकाका प्रतिनिधिहरुले सहयोगी मनहरु प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्न सहयोग गर्नु सामाजिक संघ संस्थाहरुको पनि जिम्मेवारी रहने तर्क गरे ।

रिजालले स्थानीय तहलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराउने रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान र रोटरी क्लब अफ धुलिखेललाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु बिजय केसी, बिरबहादुर रावत, उपाध्यक्ष बिनिल केसी लगाएतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *