२०८१ माघ ३ गते बिहिवार

सुकिला मुकिलालाई फरक र हामीलाई फरक व्यवहार भयो


तुलसीपुर, वैशाख २६ । तुलसीपुर बजारवाट विहानै शुक्रवार प्रहरीले ५२ सर्वसाधारणलाई नियन्त्रणमा लियो । लगडाउन उलंघन गरेको भन्नै उनीहरु नियन्त्रणमा लिइएपछि केही बेर इलाका प्रहरी कार्यालय तुलसीपुरका लगेर व्रिmफिङ गरेपछि छोडिएको छ ।

विहीवार मात्रै सरकारले ४२ प्रकारका कामकाजहरु गर्नदिने निर्णय गरेको छ। शुक्रवार तुलसीपुरमा पक्राउ गरेकाहरु मध्य त्यो शिर्षकका थुप्रै थिए । तुलसीपुर बजारमा गाउँवाट तरकारी बेच्ने आएका किसानपनि पक्राउ परे ।

विउविजउन किन्न आएका र औषधी किन्न आएकाहरु पनि पक्राउ परे । तर, प्रहरीले बजारकै सुकिला मुकिला भनाउँदाहरुलाई भने केही गरेन । एक किसानले भने ‘प्रहरीले विना काम बजारमा लखर लखर हिड्नेलाई केही गर्दैन,तर हामी जस्ता गाउँघरवाट तरकारी बेच्न आएकालाई अनावश्यक दुःख दिने गरेको छ।’

उनकै शब्दमा आफ्नो उत्पादन विक्रि वितरण गर्न र आवश्यक विउविजन किन्नको लागि किसानलाई रोकटोक नगर्ने भन्ने निर्णय गरेको भएपनि तुलसीपुरमा प्रहरीले त्यस विपरितका गतिविधि गर्दै आएको छ । ‘माथि सरकारले फरक निर्णय गरेको हामीले मिडियामा सुनेका हौं,तर यहाँ त्यसविपरित सर्वसाधारणलाई अनावश्यक दुःख दिने काम हुँदै आएको छ,’ ती किसानले भने । उनले विनाकाम लखर लखर हिड्नेलाई प्रहरीले छोड्ने तर काम विशेषले गाउँवाट आएका सोझा साझा मानिसलाई नियन्त्रणमा लिइएको भन्दै त्यसको विरोध गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *