दाङ, वैशाख २५ । हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर बाँकेमा एक बालिकाको ज्यान गएको छ । जिल्लाको गनापुर बुडियागाउँमा १० वर्षीया नजिमन खाँ रुखको हाँगाले लागेर गम्भीर घाइते भएकोमा उनको उपचारका क्रममा ज्यान गएको छ ।
बालिका खाँको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार