शरद रेग्मी,
तुलसिपुर,बैशाख २५ । तुलसीपुरमा विहीवार ११ जनाले रक्तदान गरेका छन् । लामो समयको लकडाउनका कारण अस्पतालहरुमा विराहीलाई रगत अभाव हुने सक्न संभावनालाई मध्यनजर गर्दै रक्तदान गरिएको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको रक्तदान कार्यक्रममा सघंका अध्यक्ष बिरबहादुर रावत, सचिब बिनिल केसी, ब्यबसायिहरु सन्दिपन रिजाल, हेमेन्द्र खडका,रुपेश शर्माले रक्तदान गरेका छन् । त्यस्तै सुरेश बस्नेत,लिलबहादुर वली , सुमन बस्नेत, यज्ञप्रसाद पोखरेल, टेकप्रसाद केसी, सुन्दर चौधरीले रक्तदान गरेका हुन ।
रेडक्रस दागका प्रसासकिय अधिकृत बिश्राम अधिकारीले अस्पतालहरुमा बिरामिहरुका लागि रगत पर्याप्त नभएको हुँदा रक्तदानको लागि आग्रह गरेका थिए । यसअघि पनि रेडक्रसकको आग्रहमा बाणिज्य संघका पदाधिकारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार