रोल्पा, बैशाख २५ । चट्याङ लागेर रोल्पामा आज दुई जनाको ज्यान गएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षीय भीमबहादुर विक र ४० वर्षीय चित्र पुनको ज्यान गएको प्रहरीले बताएको छ ।
बिहान करिब साढे ८ बजे परेको चट्याङले घरमै काम गरिरेको अवस्थामा २ जनाको घटनास्थलमै ज्यान गएको हो । भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार