
तुलसीपुर, बैशाख २४ । डिभिजन बन कार्यालय दाङले लोपउन्मुख वन्य जन्तु हुँडारको उद्धार गरेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनामा टाउकोमा चोट ग्रस्त अवस्थामा फेला हुँडारको स्थानीयको सहयोगमा उद्धार गरिएकोहो ।
तुलसीपुर सव डिभिजन वन कार्यालय दोघरेबाट गएको टोलीले हुँडारको जिवितै उद्धार गरेको छ ।
टाउकोमा छर्रा गोली लागेको अवस्थामा फेला परेको भाले हुँडारको उद्धार पछि उपचार थालिएको डिभिजन बन कार्यालय दाङकासूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।
‘ हामी पुग्दा छटपटाई रहेको घाइते हुँडारलाई औषधी उपचारको लागि आपत्कालिन उद्धार गरेर डिभिजन वन कार्यालयमा ल्याएकाछौं,’ केसीेले भने । घटना वारे अनुसन्धान सुरु भएको केसीले बताए ।
प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार