काठमाडौं, वैशाख २४ । सरकारले बुद्ध जयन्तिको अवसरमा भोलि (बिहीबार) सार्वजनिक विदा दिएको छ।गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना एक सूचना प्रकासित गरि बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
यो निर्णय २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको थियो । त्यस्तै चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनामा वैशाख पूर्णिमा र चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन भोलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।
प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार