तुलसीपुर, वैशाख २४ । तलव माग्दै घोराहीस्थित सगरमाथा सिमेन्टका मजदुरहरु आन्दोलित भएका छन् । जिल्ला प्रहरी प्रबक्ता सुमति खड्काले काम गरेको पैंशा नपाएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएको जानकारी दिए ।
काम गरेको पैंशा पाउनु पर्ने माग गर्दै उद्योग भित्रै झन्डै ३ जति सय मजदुरहरु नारावाजी र होहल्ला गर्न थालेको खवर आएपछि प्रहरी पठाइएको डिएसपी खड्काले बताए । उद्योगमा कार्यरत मजदुरहरुले यसअघि लकडाउनका कारण काम नभएपछि घर फर्किन पाउनु पर्ने माग गर्दै आएका थिए ।
तर, बुधवारदेखि भने मजदुरहरु काम गरेको पैंशा पाउनु पर्ने माग दर्गै आन्दोलनमा उत्रिएको भन्ने खवर प्राप्त भएको डिएसपी खड्काले बताए । केही दिन अगाडि मात्रै उद्योगवाट भागेर जान थालेका ६ जना भारतीय नागरिकलाई लमहीवाट प्रहरीले नियन्त्रणमा लिएर फेरि उद्योगमै फर्काइदिएको थियो । सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने अधिकाँस कर्मचारी तथा मजदुर भारतीय रहेका स्रोतले बताएको छ ।