
तुलसीपुर, वैशाख २४ । अत्यावश्यक काम नपरी लकडाउनको समयमा लखर–लखर हिड्ने २१ जनालाई प्रहरीले होल्डमा राखेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरुलाई विहान ८ नबज्दै नियन्त्रणमा लिएर होल्डमा राखेको छ ।
इप्रका तुलसीपुरका प्रबक्ता तथा प्रहरी निरिक्षक चक्रडम्मर पालले अत्यावश्यक काम विना नै लकडाउन उलंघन गरेर आफुखुरी हिडेका मानिसहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘उहाँहरु सबैलाई इप्रका तुलसीपुरमा लगेर होल्डमा राखिएको छ,’ पालले भने ‘ अब एक दुई घन्टा व्रिफिङ पछि बल्ल छोडिन्छ।’
प्रहरीले यसरी हिड्नेहरुलाई कारोना भाइरस माहाहारी, राख्नुपर्ने सामाजिक दुरी, कोरोना सर्ने तरिका तथा लक्षणका बारेमा सामान्ने जानकारी दिने गरिन्छ । ‘हामीले उहाँलाई तपाईहरुको सानो लापरवाहीले घर परिवार समाज र पुरै देशलाई ठूलो क्षति पुग्ने कुरा संझाएर छोड्ने गर्छौ,’ प्रबक्ता पालले थपे ‘ यो कतव्र्य प्रहरीले पालना गर्न लागने भन्दा हरेक नाकगरिकले आफैं जानेर गर्ने कुरा हो ।’ पछिल्लो समय नेपालगन्ज कोरोना भाइरस संक्रमणको हटस्पटको रुपमा देखा परेको हुँदा दाङमा लकडाउन कार्यन्वमाय फेरि कडाई गर्न थालिएको छ ।